चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 411 of 1158
  • 2026-11-24
  • 21:17:21
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

काँग्रेसले गर्‍यो साम्बाको उपचारका लागि ५ लाख आर्थिक सहयोग

काठमाडौँ– नेपाली काँग्रेसले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारको लागि ५ लाख आर्थिक सहयोग गरेको छ। आज (मंगलबार) काँग्रेसको केन्द्रीय कार्यालयका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै साम्बाको उपचारको लागि पार्टीले आर्थिक सहयोग गर्ने जानकारी गराएका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘उहाँको उपचारमा सहयोग पुर्‍याउनु हामी सबैको कर्तव्य हो। यसै सन्दर्भमा, नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्षसँग टेलिफोन संवाद गरी खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता बमोजिम एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खातामा पाँच लाख रुपैयाँ जम्मा गरिएको छ।’ सभापति गगन थापाले देशको प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान गर्नु भएका प्रसिद्ध फुटबल खेलाडी ‘साम्बा’ प्रति उच्च सम्मान व्यक्त गर्दै पार्टीको तर्फबाट आर्थिक सहयोग गरिएको र यतिबेला हामी सबैले उनलाई साथ दिन जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ। नेपाली काँग्रेस खेलकुदलाई मनोरञ्जनबाट माथि उठाई ‘राष्ट्रिय पहिचान’ र ‘राष्ट्र निर्माणमा युवा सहभागिता’ को मेरुदण्ड बनाउने संकल्प समेत गरेको छ।  

News by काँग्रेसले गर्‍यो साम्बाको उपचारका लागि ५ लाख आर्थिक सहयोग :