मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली - Chaitanya News
  • 2026-04-26
  • 20:19:51
  • आइतबार,बैशाख १३, २०८३
  • मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ : ओली

    काठमाडौं– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो बन्ने जिकिर गरेका छन्।

    आज (सोमबार) झापा–५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले जति पटक आफूले सरकार छाड्यो त्यतिबेला देशमा कुनै काम नहुने बताए।

    आफूले सरकारको नेतृत्व गर्नासाथ व्यापक काम हुने र त्यो देशेपछि विरोधीहरू थर्कमान हुने ओलीको जिकिर छ।

    ‘मैले काम गर्न थाल्छु, काम व्यापक भएको देखेपछि विरोधीहरू थर्कमान हुन्छन्। भूमिगत गिरोह पनि थर्कमान हुन्छ,’ ओलीले भने, ‘त्यो काम रोक्नका लागि मलाई सरकारबाट हटाउने रे। काम रोकिन्छ, काम बन्द हुन्छ, फेरि म आउन पर्छ।’

    उनले थप व्याख्या गर्दै भने, ‘अनि म फेरि सरकारको नेतृत्वमा फर्कन्छु, काम अघि बढ्छ । मलाई सरकारबाट हटाएपछि ड्राइभरबिनाको गाडिजस्तो हुन्छ देश । म सरकारमा आउनेबित्तिकै देश कुद्छ । मैले सरकार छाडेपछि देश जहाँको त्यहीँ बस्छ । केही हुनेवाला छैन ।’