आजको मौसम: देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना - Chaitanya News
  • 2026-04-26
  • 20:19:51
  • आइतबार,बैशाख १३, २०८३
  • आजको मौसम: देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

    आजको मौसम: देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको छ । बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ।

    यस्तै महाशाखाका अनुसार, आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भाग तथा बाँकी प्रदेशको हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ। तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

    कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

    आज राति तराई भू–भागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

    • कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।