आज मन्त्रिपरिषद् बैठक बस्दै, क्यानमा महानिर्देशक नियुक्त हुन सक्ने सम्भावना - Chaitanya News
  • 2026-04-26
  • 19:39:04
  • आइतबार,बैशाख १३, २०८३
  • आज मन्त्रिपरिषद् बैठक बस्दै, क्यानमा महानिर्देशक नियुक्त हुन सक्ने सम्भावना

    आज मन्त्रिपरिषद् बैठक बस्दै, क्यानमा महानिर्देशक नियुक्त हुन सक्ने सम्भावना

    काठमाडौँ– आज (मंगलबार) दिउँसो १२ः४५ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ। बैठक सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बताइएको छ।

    प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने जनाइए पनि थप केही महत्त्वपूर्ण नियुक्ति हुन सक्ने संकेत गरिएको छ।

    आजको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा पूर्णकालीन महानिर्देशक नियुक्त गर्न सक्ने सम्भावना रहेको प्रशासन स्रोतले जनाएको छ।