चैतन्य सम्बाददाता, Author at Chaitanya News
  • 2026-10-08
  • 09:13:34
  • बिहिबार,आश्विन २२, २०८३

About Author

ट्रम्पको नोबेल दाबी फेरि चर्कियो, ‘आठ युद्ध अन्त्य गराएँ’

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका आठवटा द्वन्द्व अन्त्य गराउन आफूले भूमिका खेलेको दाबी गर्दै फेरि नोबेल शान्ति पुरस्कारमाथि आफ्नो दाबी प्रस्तुत गरेका छन्। बुधबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारका लागि योग्य रहेको बताए। उनले आफूले आठवटा युद्ध अन्त्य गराएको र विश्वलाई सम्भावित विनाशबाट जोगाएको दाबी गरे। ‘कुनै पनि राष्ट्रपतिले कहिल्यै युद्ध अन्त्य गराएका छैनन्। मैले आठवटा युद्ध अन्त्य गराएँ,’ ट्रम्पले भने, ‘त्यसैले मैले नोबेल शान्ति पुरस्कार पाउनुपर्छ।’ ट्रम्पको यो दाबी नोबेल शान्ति पुरस्कार घोषणा हुनुभन्दा दुई दिनअघि आएको हो। सन् २०२६ को नोबेल शान्ति पुरस्कार शुक्रबार घोषणा हुँदैछ। ट्रम्पले भने पुरस्कार कसले पाउने भन्ने आफूलाई थाहा नभएको बताए। दोस्रो कार्यकाल सुरु गरेयता ट्रम्पले विभिन्न अन्तर्राष्ट्रिय द्वन्द्वमा आफ्नो मध्यस्थता र कूटनीतिक भूमिकालाई नोबेल पुरस्कारको दाबीसँग जोड्दै आएका छन्। यद्यपि, उनले ‘अन्त्य गराएको’ भनेका केही द्वन्द्वमा हिंसा पुनः भड्किएको तथा केही विवाद अझै समाधान नभएकोबारे अन्तर्राष्ट्रिय रिपोर्टहरूले उल्लेख गरेका छन्। ट्रम्पले यसपटक नोबेल समितिले आफूजस्ता व्यक्तिलाई पुरस्कार नदिन सक्ने आशंकासमेत व्यक्त गरे। उनका अनुसार आफूले यसअघि पुरस्कार पाएका व्यक्तिभन्दा पनि बढी योगदान गरेको दाबी छ। यसअघि सन् २०२५ को नोबेल शान्ति पुरस्कार विजेता भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले आफ्नो पदक ट्रम्पलाई हस्तान्तरण गरेकी थिइन्। मचाडोले पुरस्कार पाएपछि पनि ट्रम्पलाई सम्मानको श्रेय दिएकी थिइन्। ट्रम्पको नोबेल दाबी भने यसअघि पनि विवाद र बहसको विषय बन्दै आएको छ। नोबेल शान्ति पुरस्कारको निर्णय गर्ने नर्वेजियन नोबेल समितिले पुरस्कार शान्ति निर्माण, अन्तर्राष्ट्रिय सहकार्य र द्वन्द्व न्यूनीकरणमा योगदानलाई आधार बनाउने बताउँदै आएको छ।

News by ट्रम्पको नोबेल दाबी फेरि चर्कियो, ‘आठ युद्ध अन्त्य गराएँ’ :