चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1070 of 1104
  • 2026-10-07
  • 08:06:42
  • बुधबार,आश्विन २१, २०८३

About Author

हामी विभिन्न पार्टीहरूसँग चुनावको तालमेल गर्दै अगाडि बढिरहेका छौँ : अध्यक्ष नेपाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारूढ गठबन्धनभित्र प्रदेशसभा र प्रतिनिधिसभा सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएको बताएका छन्। अध्यक्ष नेपालले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने सत्तारूढ दलहरूबीच सहमति भए पनि सिट बाँडफाँडको विषय सम्भव हुन्छ वा हुन्नरु भन्ने प्रश्न उठ्ने गरेको स्पष्ट पारे। पार्टी निकट नेपाल दलित मुक्ति संगठनको काठमाडौँमा मंगलबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले आफ्नो पार्टीले भने त्यसलाई सम्भव बनाएर अघि बढ्न चाहिरहेको उल्लेख गरे। अध्यक्ष नेपालले आगामी चुनावमा आफ्नो पार्टीका उम्मेदवारहरूलाई जिताउने गरी संगठन परिचालनको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिए। उनले भने, ‘अब हामी चुनावमा लाग्नु छ। चुनावका लागि नै संगठन बनाउनु छ। अव बस्तीबस्तीमा जाने हो। त्यसका निम्ति को उठ्यो? ठूलो कुरा होइन। अहिले हामीले भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न गर्‍यौँ। त्यसमा सवा नौ लाख जनताको समर्थन पनि हासिल गर्‍यौँ। अहिले हामी विभिन्न पार्टीहरूसँग चुनावको तालमेल गर्दै अगाडि बढिरहेका छौँ। यो तालमेल गर्दै अघि बढ्दै जाने क्रममा नै हामी सिटको बाँडफाँड गर्न चाहिरहेका छौँ। त्यो कति सम्भव छ, कति सम्भव छैन भन्ने बारेमा पनि प्रश्न उठेको छ। हामीले सम्भव तुल्याउन चाहिरहेका छौँ। त्यसो भएको हुनाले हामी तपाईंहरूबाट के आशा गर्छौँ भने सम्पूर्ण पार्टीका कार्यकर्ता साथीहरू, मुक्ति संगठनका हाम्रा सबै नेताहरू, केन्द्रीय सदस्यहरू, तपाईंहरूले प्रदेश कमिटी र जिल्ला कमिटी बनाउनु भएको छ भने उनीहरूलाई पनि परिचालन गर्ने काममा लाग्नुहोस्। र, नेपालको राजनीतिमा नेकपा एकीकृत समाजवादीको हैसियत र सामर्थ्य वृद्धि गर्नका लागि तपाईंहरू सम्पूर्ण रूपमा समर्पित हुनुहोस्।’ त्यस अवसरमा अध्यक्ष नेपालले दलित समुदायमाथि अपहेलना गर्नेहरूलाई पार्टीको सदस्यता नदिने चेतावनीसमेत दिए।

News by हामी विभिन्न पार्टीहरूसँग चुनावको तालमेल गर्दै अगाडि बढिरहेका छौँ : अध्यक्ष नेपाल :