मनोनयनसँगै संसदको कार्यकाल सकिने व्यवस्था गरौँ : सांसद थापा - Chaitanya News
  • 2026-04-21
  • 23:38:35
  • मंगलबार,बैशाख ०८, २०८३
  • मनोनयनसँगै संसदको कार्यकाल सकिने व्यवस्था गरौँ : सांसद थापा

    मनोनयनसँगै संसदको कार्यकाल सकिने व्यवस्था गरौँ : सांसद थापा

    काठमाडौँ– कांग्रेस महामन्त्रीसमेत रहेका सांसद गगन थापाले प्रतिनिधिसभाको कार्यकाल मनोनयनको अघिल्लो दिनसम्ममात्रै कायम राख्न प्रस्ताव गरेका छन्।

    संसदको कार्यकालबारे निर्धारणबारे सरकारले ल्याएको विधेयकमा आफूले राखेको संशोधनलाई सदनमा प्रस्तुत गर्दै थापाले मनोनयनको अघिल्लो दिनसम्म मात्रै कायम गर्नुपर्ने बताए।

    उनले संसदको कार्यकालबारे बेलैमा कानुनी प्रष्टता गर्नुपर्ने भए पनि सरकारले ढिलो गरेको समेत उल्लेख गरे।

    थापाले कार्यकालको गणना अन्तिम चुनावी परिणाम आएको दिनदेखि सुरु गरेर अर्को चुनावको मनोनयनसम्म कायम गर्न सुझाव दिए।

    उनले भने, ‘अन्तिम चुनावको परिणाम आएदेखि कार्यकाल सुरुवातको गणना थालौँ र कार्यकालको अन्त्य अर्को चुनावको मनोनयन गर्ने अघिल्लो दिनसम्म कामय गरौँ।’