चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1056 of 1100
  • 2026-10-05
  • 06:48:11
  • सोमबार,आश्विन १९, २०८३

About Author

बाँके क्षेत्र नम्बर १ बाट मन्त्री गहतराज सिफारिस

नेपालगञ्ज– मङ्सिर ४ गते हुने निर्वाचनका लागि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस भएका छन। नेकपा माओवादी केन्द्र बाँके क्षेत्र नम्बर १ ले मन्त्री गहतराजलगायत ७ जनालाई बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस गरेको हो। मन्त्री गहतराज २०७४ सालको निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए। उसँगै बाँके क्षेत्र नं. १ को प्रतिनिधिसभाका उम्मेदवारका लागि सिफारिस हुने अन्य नेताहरुमा अशोक रोकाया, प्रयत्न केसी, नरेश पौडेल, कृष्णा केसी, चन्द्रकान्त र नरेन्द्र न्यौपाने रहेका नेकपा माओवादी केन्द्र बाँकेका संयोजक डम्बर विकले बताए। तीन वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा गठबन्धनबाट क्षेत्र नम्बर १ माओवादीले, क्षेत्र नम्बर २ जनता समाजवादी पार्टीले र क्षेत्र नम्बर ३ नेपाली काँग्रेसले पाउने सम्भावना प्रबल छ। क्षेत्र नम्बर १ माओवादी केन्द्रले पाउने देखिएकाले नै उम्मेदवारका आकांक्षीहरु पनि बढी देखिएका हुन्।  

News by बाँके क्षेत्र नम्बर १ बाट मन्त्री गहतराज सिफारिस :