मंगलबार सुनको मूल्यमा सामान्य गिरावट,चाँदीको मूल्य बढ्यो - Chaitanya News
  • 2026-06-03
  • 04:52:15
  • मंगलबार,जेठ १९, २०८३
  • मंगलबार सुनको मूल्यमा सामान्य गिरावट,चाँदीको मूल्य बढ्यो

    मंगलबार सुनको मूल्यमा सामान्य गिरावट,चाँदीको मूल्य बढ्यो

    काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य भने बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ।

    यस्तै तेजाबी सुनको मूल्य आज ९३ हजार रुपैयाँ कायम भएको हो।

    हिजो सोमबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १ हजार १८५ रुपैयाँ कायम भएको छ। हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।