जबराविरुद्धको महाभियोग सिफारिस समिति बैठक बस्दै - Chaitanya News
  • 2026-04-18
  • 18:09:08
  • शनिबार,बैशाख ०५, २०८३
  • जबराविरुद्धको महाभियोग सिफारिस समिति बैठक बस्दै

    जबराविरुद्धको महाभियोग सिफारिस समिति बैठक बस्दै

    काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग सिफारिस समिति बैठक बस्दैछ।

    बैठक दिउँसो १ बजे बस्दैछ। यसअघि आइतबार बसेको समिति बैठकले बयान नसकिएकाले जबरालाई मंगलबार बोलाउने निर्णय गरेको थियो। समितिले जबरालाई सोध्न अब ८ वटा प्रश्न मात्रै बाँकी छन्। बयानका लागि ४३ वटा प्रश्न तयार पारिएका छन्।

    समितिले आइतबार मात्रै जबरासँग २४ वटा प्रश्न सोधेको थियो। बयानका क्रममा जबराले संसदीय समितिको औचित्यमाथि नै प्रश्‍न उठाउँदै आएका छन्।जबराले आफ्ना सहकर्मी न्यायाधीशहरुमाथि पनि विभिन्न आरोप लगाएका छन्। प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ।

    यसअघि समितिले भदौ १५ र १६ र १९ र २५ गते जबरासँग बयान लिएको थियो। जबरामाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको छ जबरासँग प्रतिनिधिसभा, महाअभियोग सिफारिस समितिले भदौ १५ बाट बयान लिन सुरु गरेको हो।

    न्यायालयमा विचलन ल्याएको, भ्रष्टाचार र बिचौलियाले प्रवेश पाएको र कार्यपा लिकामा भागबन्डा खोजेको लगायतका आरोप जबरामाथि लगाइएको छ।