अमेरिकी पूर्वराजदूत स्कट डेलेसी र मेयर नापितबीच भेट - Chaitanya News
  • 2026-04-18
  • 18:05:52
  • शनिबार,बैशाख ०५, २०८३
  • अमेरिकी पूर्वराजदूत स्कट डेलेसी र मेयर नापितबीच भेट

    अमेरिकी पूर्वराजदूत स्कट डेलेसी र मेयर नापितबीच भेट

    काठमाडौं– नेपालका लागि अमेरिकी पूर्व राजदूत स्कट डेलेसी र शंखरापुर नगरपालिकाका मेयर रमेश नापितबीच भेटवार्ता भएको छ। सोमबार शंखरापुर नगरपालिकाको कार्यालयमा श्रीमती डेजा डेलेसी सहित स्कट र मेयर नापितबीच छलफल भएको हो।

    सो भेटमा शंखरापुर नगरपालिकाको योजना, आवश्यकता र प्राथमिकताका विषयमा छलफल भएको शंखरापुर नगरपालिका वडा नंबर ६ का अध्यक्ष एवं नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए।

    सो छलफलमा आगामी दिनमा शंखरापुर नगरपालिका होमनेट नेपाल र इन्गेज नेपालको सहकार्यमा विभिन्न कार्यक्रम संचालन गर्ने बिषयमा पनि छलफल भएको छ।