एउटै क्षेत्रको सिटमा बिभिन्न दलको दावी, सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा समस्या - Chaitanya News
  • 2026-04-18
  • 23:45:54
  • शनिबार,बैशाख ०५, २०८३
  • एउटै क्षेत्रको सिटमा बिभिन्न दलको दावी, सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा समस्या

    एउटै क्षेत्रको सिटमा बिभिन्न दलको दावी, सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा समस्या

    काठमाडौं – आउँदो निर्वाचनको लागि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सहमति हुन सकिरहेको छैन। एउटै क्षेत्रको सिटमा बिभिन्न दलको दावी परेपछि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सहमति जुटाउन समस्या भएको हो।

    सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको थियो। बैठकमा सिट बाँडफाँटमा बिषयमा बिभिन्न तहमा छलफल भएपनि सहमति भने सकेन।

    बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दुई पक्ष, तीन पक्षिय र सर्वपक्षिय छलफलबाट सहमतिको प्रयास जारी रहेको जानकारी दिए। सिट बाँडफाँटमा सहमति नजिक पुगेपनि अन्तिम टुङ्गो लाग्न बाँकी रहेको उनले बताए।

    उनले एउटै क्षेत्रको सिटमा पनि दुई तीनवदा दावी गरेको अवस्था रहेको र यसको समाधानको प्रयास भइरहेको उल्लेख गरे। सवै दलहरु लचिलो भएर अघि बढ्नुपर्ने अवस्था रहेको उनको भनाई छ। गठबन्धनका शिर्ष नेतालाई यसअघि नै कार्यदलले दलहरुको आ–आफ्नो अडान सहितको प्रतिवेदन बुझाइसकेको छ।