चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1059 of 1102
  • 2026-10-05
  • 15:57:31
  • सोमबार,आश्विन १९, २०८३

About Author

प्रधान सेनापति र अमेरिकी राजदूतबीच भेट

काठमाडौं– प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र अमेरिकाका राजदूत र्‍यान्डी बेरीबीच जंगी अड्डामा भटवार्ता भएको छ। प्रधान सेनापति र राजदूत बेरीबीच प्रधान सेनापति शर्माको कार्यकक्षमा भेटवार्ता भएको हो। राजदूत बेरीले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लागेको अवसरमा उक्त भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ। उक्त भेटवार्तामा प्रधान सेनापति शर्माले राजदूतले पूरा गर्नुभएको सफल कार्यकालको लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना दिनु भएको थियो। यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।  

News by प्रधान सेनापति र अमेरिकी राजदूतबीच भेट :