दाङ– दाङमा डेंगु संक्रमित एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा घोराही उपमहानगरपालिका( १४ निबासी ४० वर्षीया माया कुमारी बिसी रहेकी छन्।
उनी उपचारका लागि सोमबार बिहान घोराहीको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी थिइन्। उनलाई आइतबार डेंगु पुष्टि भएको थियो।
अक्सिजन लेभल र प्रेसर घटेर उनको मृत्यु भएको प्रतिष्ठानका चिकित्सकलाई उदृत गर्दै प्रहरीले जनाएको छ।
पछिल्लो समय दाङमा डेंगु संक्रमित हुनेको संख्या बढ्न थालेको छ। प्रतिष्ठानका अनुसार उपचारका लागि आउने ४ देखि ५ जनामा दैनिक डेंगु देखिन थालेको छ।