काठमाडौं– बरिष्ठ पत्रकार देवेन्द्र गौतम बीएण्डबी अस्पताल भर्ना भएका छन।
नयाँ करेन्ट साप्ताहिकका सम्पादक एवम् प्रकाशक गौतमलाई निमोनिया देखिएपछि बीएण्डबी अस्पतालको भेन्टिलेटरमा उपचाररत छन।
निमोनिया देखिएपछि सुरुमा आइसीयूमा राखेर उपचार गर्दै आउनुभएको उनलाई भेन्टिलेटरमा राखिएको हो।
गौतमका छोरा किरण गौतमले केही हप्ता अगाडि कोभिड सङ्क्रमणबाट मुक्त भएका थिए। सङ्क्रमण मुक्त भएपछि उनलाई श्वासप्रशवासमा समस्या देखिएको र गत मङ्गलवार अस्पताल भर्ना गरिएको छोरा किरणले बताए।
देवेन्दै गौतम सम्पादक समाज नेपालका पूर्व अध्यक्ष र नेपाल पत्कार महासंघका का,वा, सभापति समेत हुन।