चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 21 of 1102
  • 2026-10-06
  • 01:42:42
  • सोमबार,आश्विन १९, २०८३

About Author

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौँ– प्रतिनिधि सभाको आजको बैठकबाट ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन)विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा प्रधानमन्त्रीको कार्यभार सम्हालेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले प्राप्त सुझाव ग्रहण गर्दै दफाबार छलफलका क्रममा सम्बन्धित समितिमा थप छलफल गरिने बताए। उनले प्रणालीगत तरलतालगायत विषयमा विद्यमान संरचनाले सम्बोधन गर्न नसकेकाले अर्थतन्त्रको सुधारको प्रयासका रूपमा यो विधेयक ल्याएको बताए। छलफलमा सांसदहरू सुशील खड्का, नीतिमा भण्डारी कार्की, प्रेमलाल चौधरी, कृष्णहरि बुढाथोकी, गणेश पौडेल, निनुकुमारी कर्ण, प्रेमबहादुर बयक, मधुकुमार चौलागाईँ, एशुदाकुमारी बराल र परशुराम तामाङले भाग लिएका थिए । उनीहरूले विदेशी डिजिटल भुक्तानी नेपालमा आउनु स्वागत भए पनि त्यसबाट नेपाललाई हुने लाभ र सुरक्षित कारोबारबारे स्पष्ट हुनुपर्नेमा जोड दिए। सो विधेयकमाथि नियमावलीबमोजिम संशोधनको सूचना दिन सभामुख डोलप्रसाद अर्यालले सदस्यहरूलाई जानकारी गराएका छन् । सभाको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री वालेन्द्र साह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिका गएको प्रधानमन्त्रीको दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि अर्थमन्त्री डा। वाग्लेलाई तोकिएको पत्रको व्यहोरा पढेर सुनाइएको थियो। बैठक जारी छ।

News by भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक सर्वसम्मतिले स्वीकृत :