चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1070 of 1109
  • 2026-10-08
  • 23:29:43
  • बिहिबार,आश्विन २२, २०८३

About Author

नेपाली फिल्मको अग्रिम टिकट बुकिङ खोल्न चलचित्र निर्देशक समाजको अपिल

काठमाडौं– भोलि शुक्रबारदेखि प्रदर्शनमा आउन लागेका दुई नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा’को अग्रिम बुकिङ खुला गर्न नेपाल चलचित्र निर्देशक समाजले सम्बन्धित निकायलाई अपिल गरेको छ। समाजले आज विज्ञप्ति निकालेर विदेशी फिल्मको बहानामा नेपाली चलचित्रको शो खोस्नु खेदजनक रहेको बताएको छ। समयमै नेपाली चलचित्र सेन्सर भएर हलमा पुग्दा पनि हिन्दी चलचित्र सेन्सर भएको छैन भन्दै टिकट बुकिङ रोकेकोमा समाजले भर्त्सना गरेको छ। समाजले विदेशी फिल्मको दबाबमा राख्ने यस्तो प्रवृत्तिको निन्दा गरेको छ। साथै निर्देशक समाजले सिनेमा घरहरूको छाता संगठन ‘नेपाल चलचित्र संघ’लाई पनि यस्तो किसिमको काम अविलम्ब रोकी चलचित्रकर्मीहरूको एकआपसमा एकता, विश्वास र आत्मीयता बढाउन अपिल गरेको छ। साथै समाजले अभिभावक संस्था चलचित्र विकास बोर्डलाई पनि नेपाली चलचित्र नै हतोत्साहित पार्ने गैरजिम्मेवारीपूर्ण कार्यलाई बन्देज गर्न अनुरोध गरेको छ।  

News by नेपाली फिल्मको अग्रिम टिकट बुकिङ खोल्न चलचित्र निर्देशक समाजको अपिल :