काठमाडौं– बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछोनेविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ। लामिछानेविरूद्व एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन्। त्यस’दयगत अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो।
एक नाबालिक किशोरीले लामिछोनेविरुद्ध बलात्कारको जाहेरी दिएकी छन्। उक्त जाहेरी ’दयगत अनुसन्धान गर्नका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको थियो। अदालतले पक्राउ अनुमति दिएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ। पक्राउ पूर्जी जारी भएसँगै प्रहरीलाई अब सन्दीपलाई भेटेलगत्तै नियन्त्रणमा लिएर अनुसन्धान सुरू गर्ने बाटो खुलेको छ।
लामिछाने हाल देश बाहिर छन्। लामिछानेले आफू निर्दोष भएको बताएका छन्। नेपाल क्रिकेट संघ (क्यान(का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई उनले आफू निर्दोष भएको र क्यारेवियन प्रिमियर लिग (सीपीएल( खेलेर नेपाल फर्कने बताएका छन्।