चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 897 of 1151
  • 2026-11-21
  • 05:02:02
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

लागूऔषधसहित धनगढीबाट दुई युवक पक्राउ

धनगढी- लागूऔषधसहित प्रहरीले धनगढीबाट दुई युवकलाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट अवैध लागूऔषध खैरो हेरोइन ८ सय मिलिग्रामसहित दुई युवकलाई कैलाली प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका–१० बस्ने २२ वर्षीय अजबिन चौधरी र सोही ठाउँका १९ वर्षीय सगुन चौधरी रहको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ।