लागूऔषधसहित धनगढीबाट दुई युवक पक्राउ - Chaitanya News
  • 2026-05-21
  • 10:34:39
  • बिहिबार,जेठ ०७, २०८३
  • लागूऔषधसहित धनगढीबाट दुई युवक पक्राउ

    लागूऔषधसहित धनगढीबाट दुई युवक पक्राउ

    धनगढी- लागूऔषधसहित प्रहरीले धनगढीबाट दुई युवकलाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट अवैध लागूऔषध खैरो हेरोइन ८ सय मिलिग्रामसहित दुई युवकलाई कैलाली प्रहरीले पक्राउ गरेको हो।

    पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका–१० बस्ने २२ वर्षीय अजबिन चौधरी र सोही ठाउँका १९ वर्षीय सगुन चौधरी रहको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ।