चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 742 of 1152
  • 2026-11-21
  • 18:41:56
  • शनिबार,मंसिर ०६, २०८३

About Author

ललिता निवास जग्गा प्रकरण:  दुईजना नक्कली मोही पक्राउ

काठमाडौं -बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । नक्कली मोही बनेर सरकारी जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । महर्जनद्वयलाई नक्कली मोही बनाएर रामकुमार सुवेदी, मीनबहादुर गुरुङ र शोभाकान्त ढकाल लगायतले सरकारी जग्गा हडपेको प्रहरीको भनाई छ । सोही प्रकरणमा आइतबार नापी कार्यालयका पूर्वकर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ परेका थिए । आज सोमबार समातिएका २ जनासहित यस प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ ।

News by ललिता निवास जग्गा प्रकरण:  दुईजना नक्कली मोही पक्राउ :