चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 698 of 1152
  • 2026-11-21
  • 22:08:11
  • शनिबार,मंसिर ०६, २०८३

About Author

सुदूरपश्चिमका पहाडी तीन जिल्लामा हवाई उडान सुरु

सुदूरपश्चिमका पहाडी तीन जिल्लामा हवाई उडान सुरु भएको छ । मौसम खराबीका कारण अवरुद्ध बनेको पहाडी तीन जिल्लामा हवाई उडान सुरु भएको हो । सुदूरको अछाम, बझाङ र बाजुराको हवाई उडान सुरु भए पनि डोटीको भने अझै अन्योलता रहेको जनाइएको छ । ‘खराब मौसमका कारण लामो समयदेखि धनगढीबाट बझाङ, अछाम र बाजुरा उड्ने हवाई सेवा सोमबारदेखि पुनः सुचारु भएको छ’, पर्यटनकर्मी किशोर खड्काले भने, ‘आउँदा दिनमा बिहीबार र सोमबार नियमित उडान हुनेछन् ।’