सुदूरपश्चिमका पहाडी तीन जिल्लामा हवाई उडान सुरु भएको छ । मौसम खराबीका कारण अवरुद्ध बनेको पहाडी तीन जिल्लामा हवाई उडान सुरु भएको हो । सुदूरको अछाम, बझाङ र बाजुराको हवाई उडान सुरु भए पनि डोटीको भने अझै अन्योलता रहेको जनाइएको छ ।
‘खराब मौसमका कारण लामो समयदेखि धनगढीबाट बझाङ, अछाम र बाजुरा उड्ने हवाई सेवा सोमबारदेखि पुनः सुचारु भएको छ’, पर्यटनकर्मी किशोर खड्काले भने, ‘आउँदा दिनमा बिहीबार र सोमबार नियमित उडान हुनेछन् ।’