धोबीखोला करिडोरमा ३ घर भत्काइयो - Chaitanya News
  • 2026-11-21
  • 15:06:29
  • शनिबार,मंसिर ०६, २०८३
  • धोबीखोला करिडोरमा ३ घर भत्काइयो

    धोबीखोला करिडोरमा ३ घर भत्काइयो

     

    काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं १० बिजुलीबजारस्थित धोबीखोला करिडोरमा सार्वजनिक जग्गा मिचेको भन्दै ३ वटा घर भत्काएको छ ।

    नक्सामा सार्वजनिक जग्गा उल्लेख भएको तर निजी घर बनाएको पाइएकाले डोजर लगाएर भत्काइएको नगर प्रहरी निरीक्षक किशोर भट्टराईले जानकारी दिए ।