चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 635 of 1152
  • 2026-11-22
  • 03:07:49
  • शनिबार,मंसिर ०६, २०८३

About Author

चैतन्य राशिफलः सिहंलाई बोलीको प्रभाव अन्यलाई कस्तो ?

  मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रारम्भमा खर्चिलो काममा जुट्नुपर्ने हुँदा अर्थ अभाव देखापर्नेछ। प्रयत्न गर्दा यात्राको साइत जुर्न सक्छ। केही व्यावहारिक चुनौती पनि सामना गर्नुपर्ला। वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। उपहारका साथै स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह) बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ। मेहनतले पहिले रोकिएको प्रतिफल पनि दिलाउन सक्छ। मान–सम्मानका साथै विशेष उपलब्धि प्राप्त हुने समय छ। कर्कटः(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रारम्भमा व्यावहारिक समस्याले चिताएको काम रोकिन सक्छ। स्वास्थ्य कमजोर रहनेछ। अरूका काममा समेत अलमलिनुपर्ला। सिहंः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बोलीको प्रभावले फाइदा उठाउन सकिनेछ। तर्कशक्ति बढ्नेछ भने अध्ययनमा प्रगति हुनेछ। दिगो काम सुरु हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ। कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) बुद्धिको उपयोगले प्रतिद्वन्द्वीहरूलाई वशमा ल्याउन सकिनेछ। मेहनतीहरूलाई समयले पनि साथ दिनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। पराक्रम बढ्नाले नयाँ योजना थालनी गर्न सकिनेछ। तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रारम्भमा अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ। बलजफ्तीले काम बिग्रनेछ भने अर्थ अभावले समस्या उत्पन्न हुनेछ। अरूका लागि जुट्नुपरे पनि बिस्तारै फाइदा हुनेछ। वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार र उद्योगमा फाइदा हुनेछ। प्रतिस्पर्धीहरू पनि पछि पर्नेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) खर्च लागे पनि व्यवसायका लागि रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। परिबन्धले अलमल्याउन सक्छ। गोपनीयता बाहिरिनाले पनि व्यावहारिक समस्या थपिएला। अरूलाई दिएको वचन पूरा नहुन सक्छ। मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) प्रयत्न गर्दा ठूलै उपलब्धि हातलागी हुने समय छ। सञ्चित कर्मफल प्राप्त हुनाले नयाँ कर्म गर्न मन उत्साहित हुनेछ। शुभचिन्तकहरूले साथ दिनाले चिताएका काम बिस्तारै बन्नेछन्। कुम्भ ः (गु, गे, गो, सा, सि, सु, से, सो, द) घरायसी समस्याले अल्झाउन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूबाट सतर्क रहनुहोला। समयमा जुट्न नसक्दा चिताएका काममा केही बाधा पर्नेछ। मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) परिस्थिति अनुकूल बन्न सक्छ। सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ। अध्ययनमा राम्रै प्रगति हुनेछ। मेहनतले मनग्य फाइदा दिलाउनेछ।