चैतन्य राशिफलः मेषको घरेलु समस्या अन्यलाई कस्तो ? - Chaitanya News
  • 2026-11-19
  • 10:05:59
  • बिहिबार,मंसिर ०४, २०८३
  • चैतन्य राशिफलः मेषको घरेलु समस्या अन्यलाई कस्तो ?

    चैतन्य राशिफलः मेषको घरेलु समस्या अन्यलाई कस्तो ?

     

    मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    प्रारम्भमा घरेलु समस्या वा वादविवाद सुल्झाउन जुट्नुपर्ला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा अलि दुःख पाइनेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला।

    वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    स्थिति अनुकूल बन्नाले काम बन्नेछ। नयाँ अवसर प्राप्त हुनेछन्। पेसा–व्यवसायमा फाइदा हुनेछ। अनुभवले ज्ञान बढ्नेछ भने मेहनतले आम्दानीको दिगो स्रोत जुट्न सक्छ।

    मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    मिहिनेत गर्दा प्रतिस्पर्धीहरू स्वतः पराजित हुनेछन्, आफ्ना योजनाहरू गोप्य राख्नुहोला। आँट र प्रतिभाद्वारा बिस्तारै अरूलाई उछिन्न सफल भइनेछ।

    कर्कटः(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    प्रारम्भमा ईर्ष्या गर्नेहरूले अवरोध गरे पनि प्रयत्न गर्दा काम सम्पादन हुनेछ। अध्ययनमा धेरै समय जुट्न नसकिए पनि सामान्य प्रगति हुनेछ। आफ्नो अभियानबाट धेरैले फाइदा उठाउन सक्छन्।

    सिहंः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    स्थितिमा सुधार आउनेछ भने नयाँ अवसर प्राप्त हुनेछ। व्यवसायमा लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

    कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    देश–विदेश यात्रा गर्ने साइत जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै मित्रता र प्रेमको बन्धन कसिलो हुने सम्भावना छ। महत्त्वाकांक्षी निर्णय लिन उपयुक्त समय पर्खनुहोला।

    तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    बेसुरमा हौसिनाले अर्थक्षय हुन सक्छ। यात्रामा समस्या आउन सक्छ। काममा शुभचिन्तकहरूको सहयोग लिनुहोला। प्रयत्न गर्दा चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ।

    वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। टाढिएका साथीभाइ नजिकिनेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

    धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    सप्ताहान्तमा मालमत्ता हराउने, स्वास्थ्यबाधा र मनको डरले सताउने योग छ। एउटै कामलाई दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साथीभाइ टाढिनाले दुःख पाइनेछ।

    मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    रमाइलो यात्राको साइत जुर्नेछ भने चिताएको काम पनि बन्नेछ। व्यापारमा विशेष फाइदा हुनेछ।

    कुम्भ ः (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    पुरुषार्थी काम बन्नाले जोश–जाँगर पनि बढ्नेछ। अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। कामको बोझ थपिनेछ भने सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ।

    मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    आफ्ना कमजोरीबाट फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। काम बन्नाले उपलब्धि प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।