चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 336 of 1152
  • 2026-11-21
  • 12:06:31
  • शनिबार,मंसिर ०६, २०८३

About Author

प्रधानमन्त्री बालेन्द्र शाहले गरे मधेशका सांसदहरूसँग छलफल

काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मधेस प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले सम्बन्धित जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा सुझाव लिएका थिए। जिल्ला र क्षेत्रमा तत्काल गर्नुपर्ने कामका विषयमा प्रधानमन्त्रीलाई सुझाव दिएको छलफलमा सहभागी सांसद मनिष झाले जानकारी दिए। उनले भने “स्वास्थ्य, शिक्षा, पूर्वाधार, भौतिक निर्माण, सिँचाइ, कृषि आदि विषयमा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भयो।” प्रधानमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका सांसदसँगको छलफल गरिसक्नुभएको छ।

News by प्रधानमन्त्री बालेन्द्र शाहले गरे मधेशका सांसदहरूसँग छलफल :