चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1035 of 1151
  • 2026-11-20
  • 17:22:08
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं- आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज आइतबार स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र स्कटल्याण्ड बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने २ बजेबाट सुरू हुनेछ । नामिबिया भ्रमणमा रहेको नेपालले आइतबार दोस्रो खेल खेल्न लागेको हो । पहिलो खेल नेपालको ब्याटिङको पारी सकिएसँगै पहिलो ओभरको ४ बलमा ४ रन बनाएर खेलिरहेको नामिबियासँगको खेल वर्षाका कारण रद्ध भएको थियो । यो सिरिजमा दुवै देशले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको थियो । नेपालले भने आफ्नो पहिलो खेल वर्षाले प्रभावित पारेपछि घरेलु टोलीसँग अंक बाँडेको थियो । यस सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डको सहभागिता छ । नेपाल र स्कटल्याण्डले एकआपसमा दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । एक खेलमा नेपाल तथा एकमा स्कटल्याण्ड विजेता बनेको छ ।

News by नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै :