चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1091 of 1099
  • 2026-10-04
  • 14:14:35
  • आइतबार,आश्विन १८, २०८३

About Author

स्थानीय तहले तथ्याङ‍्क संकलन, भण्डार, उपयोग र वितरण गर्न सक्नेछन्  : गृहमन्त्री खाण

काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले तथ्यांकलाई विश्वसनीय आधार प्रदान गर्न आवश्यक रहेको बताएका छन्। तथ्याङ‍्क विद्येयकसम्बन्धी छलफलमा भाग लिँदै गृह मन्त्री खाणले तथ्याङ‍्क संकलन गर्नु सरकारको दायित्व रहेको बताएका हुन्। ‘प्रदेशले तथ्याङ‍्क संकलनको व्यवस्था गर्नेछ। स्थानीय तहहरुले तथ्याङ‍्क संकलन, भण्डार, उपयोग र वितरण गर्न सक्नेछन्। तथ्याङ‍्कलाई विश्वसनीय आधार प्रदान गर्नेछ ।तथ्याङ‍्क संकलन गर्नु सरकारको दायित्व हो। तथ्याङ‍्क विवरण उपलब्ध गराउनु सरकारको कर्तव्य हो। देशको विकास निर्माण, अवस्था र अवस्थीतिका लागि तथ्याङ‍्कको भूमिका अग्रणी रहन्छ। मन्त्री खाडले तथ्याङ‍्क विद्युतीय प्रविधिमा पनि प्रयोग भइरहेको बताए। उनले भने,ुतथ्याङ‍्क विभागले ३३ वटा कार्यालय स्थापना गरेको छ। ७७ जिल्ला हेर्नुपर्नेछ। तथ्याङ‍्कीय कार्यालयहरुको क्षमता विकास गर्नुपर्नेछ। सातै प्रदेशमा तथ्याङ‍्क कार्यालयको स्थापनाको व्यवस्थापन गरिएको छ।

News by स्थानीय तहले तथ्याङ‍्क संकलन, भण्डार, उपयोग र वितरण गर्न सक्नेछन्  : गृहमन्त्री खाण :