चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1091 of 1100
  • 2026-10-04
  • 17:07:28
  • आइतबार,आश्विन १८, २०८३

About Author

आउँदो चुनावसम्म समाजवादी केन्द्र बन्दैन  :  शिक्षा मन्त्री पौडेल

हेटौंडा– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले अहिले भैरहेको गठबन्धन भन्दा बाहिर गएर अर्को गठबन्धन नबन्ने दाबी गरेका छन्। प्रेस सेन्टर नेपाल मकवानपुरले हेटौंडामा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले मंसिर ४ गतेको प्रदेश सभा र प्रतिनिधि सभाको चुनावसम्म यो गठबन्धन कायम रहने बताएका हुन्। समाजवादी केन्द्रको विषयतर्फ इङ्गीत गर्दै उनले आउँदो चुनावसम्म समाजवादी केन्द्र बन्ने सम्भावना पनि नरहेको बताए। ‘अहिलेसम्मको संघर्षबाट प्राप्त भएको प्रणाली जोगाउनका लागि यो गठबन्धन बनेको हुँदा आउँदो चुनावसम्म गठबन्धनमा दायाँबायाँ हुँदैन’, उनले भने, ‘हाम्रो पार्टी अब पदाधिकारी र पोलिटब्युरो टुंग्याएर चुनावमा होमिन्छ। आउने चुनावबाट नेपालमा भएका कम्युनिष्ट पार्टीहरुमध्ये नेकपा माओवादी केन्द्र पहिलो पार्टी हुने उनले दाबी गरे।

News by आउँदो चुनावसम्म समाजवादी केन्द्र बन्दैन  :  शिक्षा मन्त्री पौडेल :