चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1092 of 1104
  • 2026-10-06
  • 15:03:13
  • मंगलबार,आश्विन २०, २०८३

About Author

मधेस सरकारको आन्दोलन नौटंकी हद पारीको ड्रामा : अध्यक्ष वृषेशचन्द्र लाल

काठमाडौं– तराई मधेश लोकतान्त्रिक पार्टीले मधेस प्रदेश सरकारद्वारा घोषणा गरिएको आन्दोलनलाई नौटंकीको संज्ञा दिएको छ। पार्टी अध्यक्ष वृषेशचन्द्र लालले प्रदेश सरकारले भोलि (आइतबार)देखि गर्न लागेको आन्दोलनलाई ड्रामाको संज्ञा दिएका हुन्। शनिबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लालले लेखेका छन्, ‘प्रहरी समायोजन हुनुपर्दछ। तर, मधेस प्रदेश सरकारद्वारा आन्दोलनको नौटंकी हद पारीको ड्रामा नै हो। प्रदेश सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी लगायतका पार्टीहरू सहभागी रहेको अवस्थामा आकाहरूको देखावटी विरोध राजनीतिक लाज उदाङ्गिएको नौटंकी रहेको उनको टिप्पणी छ।      

News by मधेस सरकारको आन्दोलन नौटंकी हद पारीको ड्रामा : अध्यक्ष वृषेशचन्द्र लाल :