तीन दशकदेखि कांग्रेस–कम्युनिस्टको चक्रव्यूहमा फसेको देशलाई निकाल्नुपर्छ : लिङ्देन - Chaitanya News
  • 2026-04-19
  • 23:28:44
  • आइतबार,बैशाख ०६, २०८३
  • तीन दशकदेखि कांग्रेस–कम्युनिस्टको चक्रव्यूहमा फसेको देशलाई निकाल्नुपर्छ : लिङ्देन

    तीन दशकदेखि कांग्रेस–कम्युनिस्टको चक्रव्यूहमा फसेको देशलाई निकाल्नुपर्छ : लिङ्देन

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनलाई कांग्रेस र कम्युनिस्टको चक्रव्यूहमा फसेका जनतालाई निकाल्ने अवसरको रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन्।

    राप्रपाद्वारा आयोजित बृहत् भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनलाई सामान्य प्रक्रिया मात्रै नसम्झिन आग्रह गर्दै तीन दशकदेखि कांग्रेस र कम्युनिस्टको चक्रव्यूहमा फसेको देशलाई पार लगाउनुपर्नेमा जोड दिएका हुन्।

    आउने निर्वाचनलाई सामान्य, नियमित प्रक्रिया मात्रै नसम्झौँ। आउने निर्वाचनलाई नेपाली जनता, जो तीन दशकदेखि कांग्रेस, कम्युनिस्टको चक्रव्यूहमा फसेका छन्। देश यिनीहरूको चक्रव्यूहमा फसेको छ, त्यसबाट निकाल्ने अवसरको रुपमा यसलाई सदुपयोग गर्नुपर्दछ हामीलेु उनले भने।

    उनले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नेपाली जनताले एउटा महत्त्वपूर्ण अवसरको रुपमा लिनुपर्ने जिकिर गरे। राप्रपा पार्टी बलियो रुपमा स्थापित हुन सके कांग्रेस र कम्युनिस्टलाई राजा र हिन्दुराष्ट्रको पक्षमा ल्याउन सकिने उनको बुझाइ छ।

    राप्रपा जस्तो पार्टी बलियो रूपमा स्थापित हुन सक्यो भने, माओवादी जस्तो कांग्रेस, एमालेलाई ठोकेर होइन, राजा र हिन्दुराष्ट्रको पक्षमा ल्याउन सक्छौ उनले भने।

    लिङ्देनले लोकतन्त्र र गणतन्त्रको नाममा मुलुकमा सीमित राजनीतिक दलहरूबाट लुटतन्त्र मच्चाएको आरोप लगाए। अहिले भ्रष्टाचार, विदेशी हस्तक्षेप र महँगी बढेको उनको भनाई छ।