स्वास्थ्य बिमा कार्यक्रम निजी क्षेत्रलाई दिनु हुँदैन : महामन्त्री थापा - Chaitanya News
  • 2026-04-19
  • 23:31:13
  • आइतबार,बैशाख ०६, २०८३
  • स्वास्थ्य बिमा कार्यक्रम निजी क्षेत्रलाई दिनु हुँदैन : महामन्त्री थापा

    स्वास्थ्य बिमा कार्यक्रम निजी क्षेत्रलाई दिनु हुँदैन  : महामन्त्री थापा

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको स्वास्थ्य उपचारमा हुने खर्चलाई घटाउनुपर्ने बताएका छन्।

    काठमाडौं महानगरपालिका–३० मा रहेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले नागरिकको स्वास्थ्य खर्च घटाएर नेपालको स्वास्थ्य प्रणालीलाई विकास गर्नुपर्ने बताएका हुन्।

    उनले संविधानमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने भनिएपनि आधारभूत स्वास्थ्य सेवा कहाँ प्रदान हुन्छ भन्ने अन्यौल रहेको बताए।

    अहिले सरकारले स्वास्थ्य बिमाको अवधारणा ल्याएपनि स्वास्थ्य उपचारमा हुने खर्च बढेमा राज्यले नै थेग्न नसक्ने उनले बताए। थापाले स्वास्थ्य बिमा कार्यक्रम निजी क्षेत्रलाई दिन नहुनेमा जोड दिए।