वामपन्थी आन्दोलनको पहिलो पार्टी बन्ने सम्भावना छ : अध्यक्ष प्रचण्ड - Chaitanya News
  • 2026-04-19
  • 23:31:05
  • आइतबार,बैशाख ०६, २०८३
  • वामपन्थी आन्दोलनको पहिलो पार्टी बन्ने सम्भावना छ : अध्यक्ष प्रचण्ड

    वामपन्थी आन्दोलनको पहिलो पार्टी बन्ने सम्भावना छ : अध्यक्ष प्रचण्ड

    काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी आन्दोलनको पहिलो पार्टी बन्ने बताएका छन्। पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको साधारणसभामा सम्बोधन गर्दै प्रचण्डले आगामी निर्वाचनमा पार्टीलाई एकताबद्ध गर्नसके देशको नेतृत्व माओवादीले गर्ने निश्चित रहेको बताएका हुन्।

    प्रचण्डले भने, ‘प्रदेश र संघको निर्वाचनमा पनि जुन आकर्षण माओवादी केन्द्रमा परेको छ। त्यसलाई बचाउन सक्नुपर्छ। अब त समूहगतरुपमा एकता हुने कुरा अन्तिम चरणमा छ। वामपन्थी आन्दोलनको पहिलो पार्टी बन्ने सम्भावना पूरै छ। आगामी निर्वाचनमा पार्टीलाई एकताबद्ध गर्नसके देशको नेतृत्व हाम्रो पार्टीले गर्ने निश्चित छ। यो परिवर्तन सानो त्यागले आएको होइन।

    संसदमा भएको अलोकतान्त्रीक र असंवैधानिक प्रहार जितेको बताए। सबै विचार र राजनीतिक मुद्दामा निकट भएका शक्तिहरुलाई एकताबद्ध गर्नुपर्ने बताए। प्रचण्डले भने, ‘अहिले पनि जनतामा माओवादीप्रति आशा र भरोसा टुटेको छैन। अगाध आस्था र विश्वास छ। कहीँ धर्मराएको छ भने नेतामा धर्मराएको छ।

    पार्टीभित्रैको अन्र्तविरोधका कारण विगतमा जितेको निर्वाचनभन्दा योपटक केही स्थानीय तहमा हार व्यहोर्नुपरेको बताए। आउने निर्वाचनमा यो परिवर्तनलाई अझ विकसित गर्न जरुरी रहेको र त्यसका लागि यो पार्टीलाई एकताबद्ध गर्न आवश्यक रहेको बताए।

    प्रचण्डले भने, ‘नेताहरु एक ढिक्का भएर जाने हो भने जनता जुरुक्कै उठ्छन्। सबैभन्दा ठूलो चुनौती नेताहरुलाई मिलाउन सक्नु नै हो। हाम्रै पार्टीका नेताहरु एकले अर्कालाई खुट्टा तान्ने, के गरी हराउने होरु तछाड र मछाड भएको छ। जनताका लागि होइन नेताका लागि छानविन समिति बनाउनुपर्ने अवस्था छ।’