चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1092 of 1103
  • 2026-10-06
  • 13:55:56
  • मंगलबार,आश्विन २०, २०८३

About Author

५ दलले नपुगेर ८ दलीय गठबन्धन बनाउन लागे : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले पाउने बहुमत रोक्न गठबन्धन बनाइएको दाबी गरेका छन्। शनिवार काठमाडौँमा भएको लोकतान्त्रिक शेर्पा सङ्घको दोस्रो महाधिवेशन कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले एमालेको सामाजिक न्याय र समृद्धि, भ्रष्टाचार उन्मुलन गर्दै सुशासन तर्फ लाने, सुखी नेपाली र समृद्ध नेपालको नीतिबाट आत्तिएर ५ दलीय गठबन्धन बनाइएको दाबी गरे। ५ दलीय गठबन्धनले अहिले ८ दलीय गठबन्धन बनाउन लागेको बताए। उनले एमालेले बहुमत ल्याउनबाट रोक्नका लागि गठबन्धन बनाइएको दाबी गर्दै भने–‘एमालेको अघि सारेको कुरादेखि आत्तिएर ५ दलीय गठबन्धन बनाएका छन्। ५ दलले नपुगेर अझ गठबन्धन विस्तारका लागि कुदिरहेका छन्। कहिले ८ दलीय गठबन्धन बनाउने भनेर कुदेको छ। यो गठबन्धन किन बनाउनुपर्‍यो आफू आफू चुनाव लडेर अनि को को मिलेर सरकार बनाउने भने भइहाल्यो नि। तर उहाँहरूलाई को को मिलेर सरकार बनाउने भन्दा पनि एमालेले बहुमत ल्याइहाल्छ अरूले के बनाउने भन्ने भएको छ। त्यस कारण एमालेलाई बहुमतबाट रोक्नका लागि यो गठबन्धन बनेको हो। तर म जहाँ जान्छु त्यहाँका जनता सुखी नेपाली समृद्ध नेपाल बनाउनका लागि दृढ संकल्पित रहेका छन्। एमालेले मात्रै सुखी नेपाली समृद्ध नेपाल बनाउने भनेर जनताले बुझेको दाबी गरे। उनले साहित्यकार, मजदुर, किसान, प्राध्यापक, सेना प्रहरी, कर्मचारी सबैको भावना नेकपा एमाले विजयी हुनुपर्दछ भन्ने रहेको बताए। नेपाललाई ओरालो लाग्नबाट बचाउन र देश बनाउनका लागि एमाले चाहिने उल्लेख गरे। अध्यक्ष ओलीले नेपालमा जातीय द्वन्द्व गराउन खोजे पनि असफल भएको बताए। उनले रुवान्डामा हुतु र तुत्सी जातीको लडाइँको प्रसङ्ग निकाल्दै अहिले उनीहरूले बनाएको संविधानमा जातको उल्लेख गर्न नपर्ने व्यवस्था गरेको बताए। उनले जातको आधारमा राजनीति गर्न नहुनेमा जोड दिए। उनले शेर्पा जाती कुवाको भ्यागुतो जस्तो नभई आकाशमा उड्ने बाजजस्तो शक्तिशाली भएको बताए। यति उचाइमा शेर्पा कसरी बस्छ भनेर अहिले उनीहरूको फोक्सो परीक्षण भइरहेको, रगत जाँचको काम भइरहेको समेत दाबी गरे। उनले सबैभन्दा पहिला शेर्पा नपुगीकन अरू सगरमाथामा पुग्न नसकेको बताए। देश र जनता जागेको बताए । हिमाल पारी खोचमा रहेका जनता पनि जागेको बताए तराई मधेसलाई झुक्याएर लान खोजेको बताउँदै आज तराई मधेस जागरूक भएको बताए। उनले नेपालका आदिवासीलाई भड्काउन खोजिएको, बिथोल्न खोजिएको बताए। उनीहरूको भावनासँग खेल्ने दुष्प्रयास भएको बताए। उनले ताप्लेजुङदेखि लिम्पियाधुरा कालापानीसम्म दुर्गम भेग भनिएका ठाउँसम्म जनता जागेको बताए।

News by ५ दलले नपुगेर ८ दलीय गठबन्धन बनाउन लागे : अध्यक्ष ओली :