चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1078 of 1107
  • 2026-10-08
  • 05:39:35
  • बुधबार,आश्विन २१, २०८३

About Author

फिल्मबाट ज्ञानगुनका कुरा सिकिन्छ : झिङ्गेदाउ’ नायिका शर्मा

काठमाडौं– बुधबार साँझ कमलपोखरीको बिग मुभिजमा वरिष्ठ साहित्यकार भिमनिधि तिवारीको कृतिमा आधारित चलचित्र ‘झिङ्गेदाउ’को प्रिमियर गरियो। पारिवारिक एकताको महत्त्व र दाजु–भाइबीच हुने अंशवण्डाको विषयवस्तु समेटेर बनाइएको चलचित्र तामझामा साथ देखाइयो पनि। चलचित्रसँग सम्बन्धित कलाकारहरुले त आफ्नो फिल्मको बारेमा बखान गरे। उनीहरुले सामाजिक कथा वस्तुमा बनेको फिल्मले समाजले ज्ञानज्ञुनका कुरासमेत सिक्न सकिने बताए। फिल्मकी कलाकार आँचल शर्माले चलचित्र हेरिसकेपछि दर्शकले आफ्नो व्यक्तिगत जीवनमा भइरहेका गल्ती सुधार्नसक्ने बताइन्। चलचित्रबाट रमाइलोका साथसाथै ज्ञानज्ञुनका कुरा पनि सिक्न सकिने प्रतिक्रिया दिइन्। उनले भनिन्, ‘फिल्मबाट ज्ञानगुनको कुरा सिकिन्छ र एकदमै रमाइलो छ।’ ज्ञानेन्द्र देउजाले दर्शकको प्रतिक्रिया बुझ्न आफू आतुर रहेको बताए। शुक्रबारदेखि प्रदर्शन हुने फिल्मलाई दर्शकहरूले हलसम्म गएर हेर्ने उनको विश्वास छ। कलाकार केकी अधिकारीले फिल्मबाट आफू आशावादी रहेको बताइन्। प्रिमियरमा आएका दर्शकहरूले फिल्म मन परेको प्रतिक्रिया दिएकाले आफूमा अझ बढी विश्वास बढेको बताइन्। हरेक परिवारमा हुने सम्पत्ति तथा अन्य विषयको मनमुटावलाई फिल्मले देखाएको उनले बताइन्। विष्णु घिमिरे ‘कल्पित’ले छायाङ्कन गरेको चलचित्रमा नायिका केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट, हिउँमाला गौतम, प्रतीक्षा शाह चन्दलगायतको मुख्य भूमिका छ। फिल्म क्रू नेपाल र कपनगढी सिनेमा प्रालिको संयुक्त लगानीमा चलचित्र करिब चार वर्षको समयावधि तथा दुई करोड रूपैयाँको लागतमा निर्माण भएको हो।

News by फिल्मबाट ज्ञानगुनका कुरा सिकिन्छ : झिङ्गेदाउ’ नायिका शर्मा :