प्रधानमन्त्री देउवा भारत गएर म्याउँम्याउँ गरे : अध्यक्ष ओली - Chaitanya News
  • 2026-06-05
  • 20:24:56
  • शुक्रबार,जेठ २२, २०८३
  • प्रधानमन्त्री देउवा भारत गएर म्याउँम्याउँ गरे : अध्यक्ष ओली

    प्रधानमन्त्री देउवा भारत गएर म्याउँम्याउँ गरे : अध्यक्ष ओली

    कैलाली– एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएका बेला राष्ट्रियताको सवाल उठाउन नसकेको आरोप लगाएका छन्।

    महाकालीमा एसएसबीले तुइन चुटाएर नेपालीको हत्या गर्दा पनि प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्न नसकेको ओलीले आरोप लगाए। लिम्पियाधुरा लिपुलेक र कालापानीको सवालमा पनि प्रधानमन्त्री देउवाले कुरा उठाउन नसकेको आरोप लगाए।

    ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीको सवालमा कुरा गर्न सक्नु भएन’, उनले भने, ‘प्रधानमन्त्री देउवा भारत भ्रमणमा म्याउँम्याउँ गर्नुभयो।

    गठबन्धन तत्काल टुट्ने अवस्था नरहेकोसमेत ओलीको बुझाइ थियो । ‘यो गठबन्धन आफैं बनेको होइन अरु कसैले टाउको जोडिदिएको हो’, अध्यक्ष ओलीले भने, ‘उनीहरु आफैं जुटेका पनि होइन आफैं फुट्दैनन्।

    गठबन्धनको फूर्ति मंसिर ४ सम्म मात्र रहेको ओलीले टिप्पणी गरे। माथिका नेता गठबन्धनमा मस्त रहेको भन्दै ओलीले बताए।

    गठबन्धनका पूर्वमन्त्रीसहितका नेताहरूलाई एमालेमा स्वागत गर्न कंचनपुर पुगेका ओलि आजै काठमाडौं फर्किनेछन्।