चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1091 of 1110
  • 2026-10-09
  • 16:49:17
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

राजनीतिलाई फोहोरी खेल होइन, समाज सेवाको, जनताको सेवा र राष्ट्रको सेवाको माध्यम हो भन्ने प्रेरणा गिरिबाट लिनुपर्छ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदीप गिरिको व्यक्तित्वले निस्वार्थ रुपमा समाजसेवामा समर्पित हुन प्रेरणा दिइरहने बताएका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पुगेर दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले भने,‘राजनीतिलाई फोहोरी खेल होइन, समाज सेवाको, जनताको सेवा र राष्ट्रको सेवाको माध्यम हो भन्ने प्रेरणा प्रदीप गिरिबाट लिनुपर्छ। प्रचण्डले गिरिको योगदानबाट प्रेरणा लिने र समाजवादका लागि गरेको चिन्तनबाट शिक्षा लिएर अघि बढ्नु पर्नेमा जोड दिए। ‘अहिले उ उहाँ हामीसँग हुनुहुन्न, उहाँको अभाव धेरै समयसम्म खड्किरहन्छ नेपाली समाजलाई।’ गिरिको शनिबार राति उपचारका क्रममा मेडसिटी अस्पतालमा निधन भएको थियो।

News by राजनीतिलाई फोहोरी खेल होइन, समाज सेवाको, जनताको सेवा र राष्ट्रको सेवाको माध्यम हो भन्ने प्रेरणा गिरिबाट लिनुपर्छ : प्रचण्ड :