काठमाडौँ — नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गर्नका लागि विभिन्न दलका नेता तथा उनका आफन्त कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा पुगेका छन्। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का‚ मुख्यमन्त्री गगनकुमार थापा‚ नेता रामचन्द्र पौडेललगायत नेताले उनको पार्थिव शरीरमा माल्यार्पण गर्नुका साथै पार्टीको झन्डा ओडाएका हुन्।
गिरीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ। अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९स्३० बजे निधन भएको हो।
कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य गिरी घाँटीको क्यान्सरबाट पीडित थिए।