चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1090 of 1110
  • 2026-10-09
  • 16:48:30
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

राष्ट्रिय क्रिकेट टोली आज केन्या प्रस्थान गर्दै

काठमाडौँ– टी–२० र एकदिवसीय क्रिकेट खेल्नका नेपाली राष्ट्रिय क्रिकेट टोली आज सोमबार केन्या प्रस्थान गर्दैछ। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोली आज अपरान्ह ४ बजे केन्या प्रस्थान गर्ने तयारी रहेको जनाएको छ।त्यसअघि क्यानले टोलीलाई बिदाइको कार्यक्रम रहेको छ। क्यानका अनुसार नेपालले केन्यासँग ५ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ। ५ खेलको टी(ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ। ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ। दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ। नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी–ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ। राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टिम सम्हाल्नेछन्। सिरिजका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिसकेको छ। खेलको लागि नेपाली टोलीमा कप्तान सन्दीप लामिछाने, उपकप्तान रोहित पौडेल,आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदील आलम,करण केसी,ज्ञानेन्द्र मल्ल, सोमपाल कामी,बसिर अहमद, अर्जुन साउद, पवन सर्राफ, शाहब आलम,किशोर महतो,विवेक यादव रहेका छन्।

News by राष्ट्रिय क्रिकेट टोली आज केन्या प्रस्थान गर्दै :