काठमाण्डौ– नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ।
कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रञ्जन बरालले आज नेता गिरिको निधनमा शोक बिदा दिएको बताए।
लहान नगरपालिका–१४ का गिरिको निधनमा लहानले हिजो सार्वजनिक बिदा दिएको थियो। गिरिको अस्ति राति उपचारका क्रममा निधन भएको थियो।