गिरिको निधनमा कांग्रेसको आकस्मिक केन्द्रीय समितिको बैठक : भदौ ७ सम्म पार्टीका सबै कार्यक्रम स्थगित - Chaitanya News
  • 2026-04-20
  • 17:51:35
  • सोमबार,बैशाख ०७, २०८३
  • गिरिको निधनमा कांग्रेसको आकस्मिक केन्द्रीय समितिको बैठक : भदौ ७ सम्म पार्टीका सबै कार्यक्रम स्थगित

    गिरिको निधनमा कांग्रेसको आकस्मिक केन्द्रीय समितिको बैठक : भदौ ७ सम्म पार्टीका सबै कार्यक्रम स्थगित

    काठमाडौं– नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएपछि आइतबार नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समितिको बैठक बसेको छ। पार्टी कार्यालयमा बसेको बैठकले गिरिको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

    बैठकपछि जारी वक्तव्यमा काँग्रेसले भनेको छ, ‘सबै किसिमका निरंकुशता विरुद्ध प्रखर वैचारिक संघर्षमा होमिएका गिरी पटक–पटकका लोकतान्त्रिक आन्दोलनहरूमा वैचारिक र सांगठनिक अग्रणी भूमिका निभाउने क्रममा पटक–पटक जेल र निर्वासनमा रहनु भयो । उहाँ नेपाली कांग्रेस पार्टीमा मात्रै नभएर सारा नेपाली र विदेशी राजनीतिक समकक्षी बीच पनि अत्यन्त लोकप्रिय हुनुहुन्थ्यो। महान दार्शनिक नेता प्रदिप गिरीको निधनले नेपाली लोकतान्त्रिक आन्दोलन, नेपाली कांग्रेस, सिङ्गो संसदीय अभ्यास र मुलुकलाई ठूलो क्षति पुगेको छ।

    बैठकले गिरीप्रति उच्च सम्मान प्रकट गर्दै शोक कार्यक्रम तय गरेको छ। जसअनुसार भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरूमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगित गर्ने तय गरेको छ।

    यस्तै भदौ ६ गते सोमबारका दिन १३ औं दिन (भदौ १६) सम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने तथा केन्द्र र सबै जिल्लाहरुमा शोक सभाको आयोजना गर्ने काँग्रेसले निर्णय गरेको छ।