चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1088 of 1108
  • 2026-10-08
  • 12:14:04
  • बिहिबार,आश्विन २२, २०८३

About Author

मेयर हर्क साम्पाङलाई ६० हजारको साइकल उपहार

काठमाडौ– धरानका मेयर हर्क साम्पाङलाई एक शुभचिन्तकले साइकल उपहार दिएका छन् । उक्त साइकलको मूल्य ६० हजार रूपैयाँ रहेको छ। मेयर साम्पाङले आज बिहानै फेसबुकमा तस्बिर राख्दै साम्पाङले दुई दिनअघि साइकल उपहार आएको जानकारी दिएका हुन्। उनले अब छोटो दूरीको यात्र गर्दा साइकल चढ्ने बताएका छन्। साम्पाङका अनुसार स्कटल्यान्डमा बसोबास गर्ने एक समर्थकले उनलाई सो साइकल उपहार दिएका हुन्। साम्पाङले अब साइकल पर्यटन प्रवर्द्धनका लागि साइकल प्रतियोगिता आयोजना गर्ने योजनासमेत अघि सारेका छन्। पछिल्ला दिनमा साम्पाङ काठमाडौंका मेयर बालेन्द्र साहमाथि विभिन्न टिप्पणी गरेर चर्चामा छन्। सरकारी सुविधाको गाडी नलिएका मेयर साम्पाङ मोटरसाइकलमा यात्रा गर्दै आएका छन्।

News by मेयर हर्क साम्पाङलाई ६० हजारको साइकल उपहार :