चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 648 of 1154
  • 2026-11-23
  • 12:50:43
  • सोमबार,मंसिर ०८, २०८३

About Author

इजरायल पुगेको नेपाल एयरलाइन्सको जहाज काठमाडौँको लागि उड्यो 

काठमाडौं । इजरायलबाट २५० जना नेपाली लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाडौंका लागि उडेको छ । बेन गुरियन विमानस्थलबाट केही बेरअघि उडेको विमान आज राति सवा ९ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछ ।   आज बिहान साढे २ बजे नेवानीको विमान इजरायलका लागि उडेको थियो ।   परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा नेवानीको विमान उद्धारका लागि इजरायल पठाइएको हो । क्याप्टेन श्रवण रिजाल नेतृत्वको क्र्यू मेम्बरले उद्धार उडान भरेका हुन् ।   मन्त्री साउदले नेपाली दूतावासका कर्मचारी साथै इजरायली अधिकारीसँग कुराकानीसमेत गरेका थिए ।

News by इजरायल पुगेको नेपाल एयरलाइन्सको जहाज काठमाडौँको लागि उड्यो  :