इजरायल पुगेको नेपाल एयरलाइन्सको जहाज काठमाडौँको लागि उड्यो  - Chaitanya News
  • 2026-11-21
  • 19:22:46
  • शनिबार,मंसिर ०६, २०८३
  • इजरायल पुगेको नेपाल एयरलाइन्सको जहाज काठमाडौँको लागि उड्यो 

    इजरायल पुगेको नेपाल एयरलाइन्सको जहाज काठमाडौँको लागि उड्यो 

    काठमाडौं । इजरायलबाट २५० जना नेपाली लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाडौंका लागि उडेको छ । बेन गुरियन विमानस्थलबाट केही बेरअघि उडेको विमान आज राति सवा ९ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछ ।

     

    आज बिहान साढे २ बजे नेवानीको विमान इजरायलका लागि उडेको थियो ।

     

    परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा नेवानीको विमान उद्धारका लागि इजरायल पठाइएको हो । क्याप्टेन श्रवण रिजाल नेतृत्वको क्र्यू मेम्बरले उद्धार उडान भरेका हुन् ।

     

    मन्त्री साउदले नेपाली दूतावासका कर्मचारी साथै इजरायली अधिकारीसँग कुराकानीसमेत गरेका थिए ।