चैतन्यका विद्यार्थीमाझ '२१औं शताब्दिका विद्यार्थीका लागि विश्वब्यापी अवसर' विषयक संवाद - Chaitanya News
  • 2026-09-21
  • 04:57:29
  • आइतबार,आश्विन ०४, २०८३
  • चैतन्यका विद्यार्थीमाझ ‘२१औं शताब्दिका विद्यार्थीका लागि विश्वब्यापी अवसर’ विषयक संवाद

    चैतन्यका विद्यार्थीमाझ ‘२१औं शताब्दिका विद्यार्थीका लागि विश्वब्यापी अवसर’ विषयक संवाद

    धनगढी- चैतन्य पाठशालाका विद्यार्थीमाझ मिस नेपाल ग्लोव २०२३ की विजेता रोशनी चन्दले आफ्ना धारणा राखेकी छन्। धनगढीको शिवनगरस्थित पाठशालामा आयोजित ‘२१औं शताब्दिका विद्यार्थीका लागि विश्वब्यापी अवसर’ विषयक संवादमा आफ्नो धारणा राख्दै उनले अहिलेको शिक्षा युग सुहाउँदो हुनुपर्ने धारणा राखिन्।

    ‘विश्वको जुनसुकै कुनामा अध्ययन गरेको भए पनि विश्व बजारमा विक्नसक्ने जनशक्ति उत्पादन गर्न सक्नु नै अहिलेको शिक्षाको प्रमुख आवश्यकता हो। त्यसैले प्रविधिमैत्री र समय सापेक्ष शिक्षा प्रदानमा जोड दिनुपर्छ’, चन्दले भनिन्।

    विद्यालयका अध्यक्ष गणेशप्रसाद जोशीले संस्कारसहितको समय सापेक्ष शिक्षा नै आफूहरूको प्राथमिकता रहेको बताएका छन्। ‘हामी विद्यार्थीलाई कितावी ज्ञानमात्र प्रदान गरिरहेका छैनौं, संस्कारसहितको व्यवहारिक र प्रयोगात्मक ज्ञान पनि प्रदान गरिरहेका छौं,’ उनले भने। विद्यार्थीहरूको चौतर्फी व्यक्तित्व विकासका लागि चैतन्यले सिकाइका जीवन्त आयाम सृजना गरिरहेको जोशीको भनाइ छ।