चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 551 of 1153
  • 2026-11-23
  • 04:15:43
  • आइतबार,मंसिर ०७, २०८३

About Author

तपाँईको आजको राशिफल

मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ मन भावुक र उत्ताउलो बन्ने छ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकायको भय पनि रहला । मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश, जाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघि बढ्ने छ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे आज निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुबिधा उत्पन्न हुनेछ, तर शुभ र नयाँ कार्यको योजना बन्ने छ । तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते कुनै कुराले मन निक्कै प्रसन्न हुन सक्छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ, तर स्वास्थ्यप्रति सजग रहनुहोला । धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे लाभ–हानी, आय–व्यय, सुख–दुःख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शत्रु पराजित हुनेछन् । वित्तीय संस्थाबाट सहयोग पाइनेछ, तर स्वास्थ्यप्रति सजग रहनुहोला । वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको अवसर मिल्ने छ । जोश, जाँगर पनि बढ्ने छ । कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ । कन्या– टो, पा, पि, पु, ष, ण, ठ, पे, पो आज मिष्ठान्न भोजनको अवसर मिल्ने छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ । आफूले अरुलाई प्रभावित पारेर काम बन्ने छ । वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । सामाजिक कार्यमा सफलता मिल्ने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । पढाइमा प्रगति नै हुनेछ । मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि आज प्रेमीको सहयोग पाइनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।