चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 378 of 1153
  • 2026-11-22
  • 13:43:30
  • आइतबार,मंसिर ०७, २०८३

About Author

मकवानपुर क्षेत्र नम्बर–२ बाट रास्वपाका २५ वर्षीय उप्रेती निर्वाचित

हेटौँडा (मकवानपुर)– प्रतिनिधि सभा सदस्यको निर्वाचनअन्तर्गत मकवानपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रशान्त उप्रेती निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले ३१ हजार ७२५ मतसहित निर्वाचित भएका हुन् । अन्तिम मतपरिणाम अनुसार नेकपा (एमाले)का उम्मेदवार महेशकुमार बर्तौलाले १९ हजार ६२४ मत, नेपाली काँग्रेसका उम्मेदवार बुद्ध लामाले १५ हजार ४२६ मत, नेपाली कम्युनिष्ट पार्टीका लवशेर विष्टले १२ हजार ७५४ मतमात्र प्राप्त गरेका छन् । मनहरी गाउँपालिका–७ निवासी २५ वर्षीय उप्रेती पेसाले शिक्षक तथा होटल तथा पर्यटन व्यवसायी हुन्। मकवानपुरको दुई क्षेत्रमा कुल ५९ प्रतिशत मत खसेको थियो । मकवानपुर–२ मा दलीय र स्वतन्त्र गरी कुल २१ जनाको उम्मेदवारी परेको थियो ।

News by मकवानपुर क्षेत्र नम्बर–२ बाट रास्वपाका २५ वर्षीय उप्रेती निर्वाचित :