गोरखा क्षेत्र नम्बर– १ मा पछि परे सुधन गुरुङ - Chaitanya News
  • 2026-08-17
  • 16:38:44
  • सोमबार,भाद्र ०१, २०८३
  • गोरखा क्षेत्र नम्बर– १ मा पछि परे सुधन गुरुङ

    गोरखा क्षेत्र नम्बर– १ मा पछि परे सुधन गुरुङ

    काठमाडौं– गोरखा क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले अग्रता बनाएका छन् ।

    खत्रीले ४२६३ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका सुधन गुरुङले ४२५९ मत पाएका छन् ।

    सुरुवातदेखि अग्रता बनाएका गुरुङ अहिले ४ मतले पछि परेका छन् । नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले २२८१ मत पाउँदा एमालेका आरसी लामिछानेले ६७५ पाएका छन् ।