बैतडीबाट रास्वपाका हरि मोहन भण्डारी विजयी - Chaitanya News
  • 2026-10-05
  • 02:47:20
  • आइतबार,आश्विन १८, २०८३
  • बैतडीबाट रास्वपाका हरि मोहन भण्डारी विजयी

    बैतडीबाट रास्वपाका हरि मोहन भण्डारी विजयी

    बैतडी– बैतडीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि मोहन भण्डारी निर्वाचित भएका छन् । अन्तिम मत परिणाम अनुसार रास्वपाका उम्मेदवार हरि मोहन भण्डारी विजयी भएका हुन्।

    भण्डारीले २२,१३४ मत प्राप्त गर्दै जित सुनिश्चित गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस र नेकपा एमालेका बलिया उम्मेदवारहरूलाई पछि पारेका छन्।

    नेपाली कांग्रेसका उम्मेदवार चतुर बहादुर चन्दले १८,१९४ मत प्राप्त गरेका छन्। भण्डारीले चन्दलाई ३,९४० मतको अन्तरले पराजित गरेका हुन्।

    त्यस्तै, नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारी १७,०११ मतका साथ तेस्रो स्थानमा सीमित भएका छन्।